२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणनामा विवाद भएपछि स्थगित भएको छ । सोमबार विहान मत गणना भइरहेका बेला नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद भएपछि मतगणना स्थगित भएको हो । दलका प्रतिनिधिबीच केहीबेर चर्काचर्की भएपछि धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।