केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नं. वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास फैलिएको हो ।स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन् । सो बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन् ।स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ । बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो द