कोशीका दुग्ध किसानले चार महिनादेखि पाएनन् २२ करोड भुक्तानी

मधेश प्रदेशको सप्तरीसहित कोशीका आठ हजारभन्दा बढी किसानले दुग्ध विकास संस्थानको विराटनगर दुग्ध विकास आयोजनाबाट गत असारयताको झन्डै २२ करोड रुपैयाँ भुक्तानी अझै पाएका छैनन् ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। कोशी प्रदेशका किसानले चार महिनादेखि दुधको २२ करोड रुपैयाँ रकम पाएका छैनन्। अर्थमन्त्री प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागि हुन मोरक्को प्रस्थान गरेका छन्। ठेक्का सम्झौता भएको आठ वर्षसम्म पनि गल्छी–मैलुङ सडक खण्ड निर्माणको काम अझै सकिएको छैन। सुन्धारास्थित धरहराको भूमिगत पार्किङ निःशुल्क रुपमा प्रयोग गर्न पाइने भएको छ।

मधेस प्रदेश : सशस्त्र प्रहरीद्वारा २२ करोड बढीको अवैध सामान बरामद

मधेस प्रदेशमा सशस्त्र प्रहरीको टोलीले साढेचार महिनाको अवधिमा २२ करोडबढिको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरको विशेष निर्देशनमा आठवटै जिल्लाबाट सशस्त्र प्रहरी गस्ती टोलीले उक्त करोडौंको अवैध सामान बरामद गरेको हो।यस आर्थिक वर्षको गत साउन महिनादेखि मंसिर १८ गतेसम्म  २२ करोड ६  लाख , ८ हजार २४८  रुपिया बराबरको भारतबाट अवैधरूपमा भित्र्याएको कपडा, किराना, हार्डवेयर लगायत सामान बरामद गरि आवश्यक कारबाहीको लागि सम्बन्धित जिल्ला स्थित भन्सार क

चन्द्रागिरी हिल्स पहिलो पटक नाफामा, ईपीएस १.६७ रुपैयाँ

चन्द्रागिरी हिल्स आईपिओ निष्काशन गरेपछि पहिलोपटक नाफामा गएको छ। आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड ५५ लाख खुद नाफा कमाएको हो । आर्थिक वर्ष ७७/७८ मा कम्पनी २७ करोड घाटामा रहेको थियो ।यस अवधिमा कम्पनीको संचालन आम्दानी ६६ करोड ९८ लाख रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामामा २०२ प्रतिशत बढी हो। अहिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन आम्दानी २२ करोड १९ लाख मात्र थियो । १ अर्ब ५३ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भ भने ३९ करोड ४४ लाख ऋणात्मक रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी १.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ७४.२७ रुपैयाँ रहेको छ । आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको अधिकतम शेयर मूल्य १३४३ रुपयाँमा कारोबार भएको थियो भने न्युनतम ९२४ रुपैयाँमा कारोबार भएको थियो । आर्थिक वर्ष २०७८/०७९ को चौथो त्रैमासिक समीक्षा अवधिमा कम्पनीको आर्थिक क्रियाकलापा तुलनात्मक रूपमा राम्रो रहन गएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अवधिको पहिलो महिनादेखि नै आर्थिक क्रियाकलापमा क्रमशः सुधार हुँदै जाँदा कम्पनीको व्यापार व्यवसायमा बृद्धि भएको हो।कम्पनीले भनेको छ 'कम्पनीको मुख्य आय भनेको आन्तरिक तथा बाह्य पर्ययटकले कम्पनीले सञ्चालन गरेका केबलकार, जिपलाइन, भ्यु टावरलगायत पर्यटकीय गतिविधिको प्रयोगबाट प्राप्त हुने आय नै हो। आन्तरिक पर्यटनको सकारात्मक बृद्धि तथा छिमेकी मुलुक भारतबाट भ्रमण आउने पर्यटकको संख्यामा भएको उल्लेख्य सुधारको फलस्वरूप कम्पनी परिसरभित्र भ्रमणमा आउने पर्यटकको संख्या तुलनात्मक रूपमा वृद्धि भयो। आन्तरिक तथा बाह्य हवाई उडानमा भएको सहजता तथा विश्वव्यापी रूपमा पर्यटन गतिविधिमा भएको वृद्धिको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थाल्यो । जसको फलस्वरूप भारतीय तथा अन्य तेस्रो मुलुकबाट आउने पर्यटकहरूको चहलपहलमा उल्लेख्य सुधार हुँदै आएको छ । यसको प्रत्यक्ष प्रभाव कम्पनीको पछिल्लो समयको आयमा हुन गयो।' यस अवधिमा कम्पनीले सञ्चालनमा ल्याएका विभिन्न पर्यटकिय गतिविधिको प्रयोग तथा भ्रमण र रिसोर्टमा वास बस्न आउने स्वदेशी पर्यटकको संख्यामा धेरै सुधार भएको कम्पनीले जनाएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आयमा देखिएको कम्पनीले उल्लेख गरेको छ। सहवित्तीयकरण कर्जा एवं चालू पुँजीको साबा-व्याज तोकिएको समयमा भुक्तानी गरिदै आएको कम्पनीले जनाएको छ।

बढी नाफा कमाउनेमा ग्लोबल आईएमई र एनआईसी एसिया अगाडी, कुन बैंकको कति? (सूचीसहित)

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक अनुसार  २०७८ साउन महिनादेखि २०७९ जेठ महिनासम्मको अवधिमा वाणिज्य बैंकहरुले ६४ अर्ब ९५ करोड ४१ लाख खुद नाफा कमाएका हुन् ।जस मध्ये ग्लोबल आईएमईको खुद नाफा सबैभन्दा धेरै ४ अर्ब ८५ करोड रहेको छ । त्यस्तै एनआईसी एसियाको खुद नाफा ४ अर्ब ५९ करोड, तथा राष्ट्रिय वाणिज्य बैंकको खुद नाफा ३ अर्ब ९२ करोड रहेको छ । नबिल बैंकको खुद नाफा ३ अर्ब ८२ करोड, प्राइम कमर्शियल बैंकको खुद नाफा ३ अर्ब ५४ करोड, र एनएमबि बैंकको ३ अर्ब ३४ करोड रहेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा ३ अर्ब २२ करोड, नेपाल बैंकको खुद नाफा २ अर्ब ९१ करोड, सिद्धार्थ बैंकको खुद नाफा २ अर्ब ८२ करोड तथा मेगा बैंकको खुद नाफा २ अर्ब ५७ करोड रहेको छ । कुमारी बैंकको खुद नाफा २ अर्ब ३६ करोड, कृषि विकास बैंकको खुद नाफा २ अर्ब १४ करोड, सानिमा बैंकको खुद नाफा २ अर्ब २ करोड र सिटिजन्स बैंकको खुद नाफा २ अर्ब १ करोड रहेको छ ।अन्य बैंकको खुद नाफा भने २ अर्ब भन्दा कम रहेको छ । जसमा एनसीसी बैंकको खुद नाफा १ अर्ब ९९ करोड, हिमालयन बैंकको १ अर्ब ९८ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ९३ करोड, एभरेष्ट बैंकको १ अर्ब ९० करोड, सनराइज बैंकको १ अर्ब ७३ करोड, माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ६८ करोड र प्रभु बैंकको खुद नाफा १ अर्ब ६५ करोड रहेको छ । त्यस्तै डेढ अर्ब भन्दा कम खुद नाफा कमाउने ६ वटा बैंक रहेका छन् । जस अनुसार लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४३ करोड, नेपाल एसबिआई बैंकको खुद नाफा १ अर्ब ४२ करोड, सेन्चुरी बैंकको १ अर्ब २९ करोड , नेपाल बंगलादेश बैंकको १ अर्ब २७ करोड, बैंक अफ काठमाडौँको १ अर्ब २५ करोड र सिभिल बैंकको खुद नाफा १ अर्ब २१ करोड रहेको छ ।

चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ । स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए । यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ । ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’ हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए । लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए । ‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए । ‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’ यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।

९ महिनामा १६ सयभन्दा धेरै आगलागी,  ६० जनाको ज्यान गयो, १ अर्ब २२ करोड नोक्सानी

काठमाण्डाै - पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् । गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीका कारण यो अवधिमा  ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् । चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवध...

उदयपुर सिमेन्ट उद्योगले दुई अर्बभन्दा बढीको सिमेन्ट बेच्यो

९ साउन, गाईघाट, उदयपुर । सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ । प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो …