काठमाण्डाै - पछिल्लो ९ महिनामा देशभर १६ सयभन्दा धेरै आगलागीका घटना भएका छन् ।
गएको वैशाख महिनादेखि अहिलेसम्म १६ सय ४० वटा आगलागीका घटना भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
आगलागीका कारण यो अवधिमा ६० जनाले ज्यान गुमाएका छन् भने १ अर्ब २२ करोड १८ लाख रुपैयाँभन्दा धेरैको नोक्सानी भएको छ । यस्तै चट्याङ्गका कारण २१७ वटा घटना भएका छन् ।
चट्याङ्गले ६५ जनाको ज्यान गएको छ भने ५ करोड ९४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । प्राकृतिक विपत्तिका विभिन्न घटनाले ९ महिनाको अवध...