सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझी नियुक्त

सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।  हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।नेपाल बंगलादेश बैंक बाट बैंकिङ्ग शुरु गरेका रायमाझीसँग नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभु बैंक)मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव रहेको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख

सम्बन्धित सामग्री

सिभिल बैंकको सीईओमा सुनिल कुमार पोखरेल नियुक्त

जेठ २८, काठमाडौं । सिभिल बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुनिल कुमार पोखरेललाई नियुक्त गरेको छ ।  बिहीवार बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा पोखरेललाई नियुक्त गर्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । कम्पनीले आगामी असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्ष सम्मका लागि उनलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सिभिल बैंकका पूर्वसीईओ गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृत

काठमाडौं (अस) । सिभिल बैंकका पूर्वसीईओ गोविन्द गुरुङ म्यानमार सिटिजन बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । सिभिल बैंकबाट राजीनामा दिएका गुरुङले मे १ तारिखदेखि उक्त बैंकको सीईओ पद सम्हाल्ने गरी नियुक्ति पाएका हुन् । नेपाली नागरिकले विदेशी बैंकको प्रमुख पदमा नियुक्ति पाएको सम्भवतः यो पहिलो हो । सिभिल बैंकको सञ्चालक समितिले गत आइतबार उनको राजीनामा स्वीकृत गरिसकेको छ ।