सप्तरी । सवारी साधन जस्तोसुकै भए पनि सबैको आफ्नै खालको महत्व र विशेषता रहेको पाइन्छ । परापूर्वकालदेखि निर्विकल्प रूपमा रहेको एक मात्र सवारी साधन बयलगाडा (गोरुगाडा) लाई आधुनिक सवारी साधनले पछाडि पारिए पनि बयलगाडाको निकै महत्व रहेको छ ।
सुरक्षित, आरामदायी एवं भरपर्दो यात्राका लागि बयलगाडा उपयुक्त रहेको बूढापाकाहरू बताउँछन् । यात्रासँगै मालसामान ढुवानीमा पनि महत्वपूर्ण सवारीका रूपमा रहेको ८० वर्षीय वृद्ध सीताबीप्रसाद साहले भने, “हाम्रो परिवार, गाउँसमाज, छरछिमेक तथा नातेदार एवं कुटुम्बहरूको विवाहको मुख्य ...