नवलपरासी : थारु समुदायको पौराणिक महत्त्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नो कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको स्थानीय दुलामणि गुरौले बताए। ‘मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ। महाभारतको लडाइँमा पाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ’