दाङ - अत्यधिक गर्मीका कारण दाङमा इनार सुक्न थालेपछि पानीको समस्या भएको छ । गर्मीका कारण इनार, कुवा सुक्न थालेपछि पानीकाे अभाव भएकाे हाे ।
'जेठको पहिलो हप्तादेखि नै धाराबाट खानेपानी आउन छाडेको छ', घोराही–९ की मदा गौतमले भन्नुभयो, 'यस वर्ष खानेपानीको अभाव बढ्दो छ । गाउँमा पानी खान नपाएर काकाकूल भइएला जस्तो छ ।' उहाँका अनुसार गाउँका धेरैजसोका इनार सुकेका छन् ।
रातभरि इनारमा जम्मा भएको चार, पाँच गाग्री पानी गाईबस्तुका साथै मानिसका लागि पुराउनुपर्ने बाध्यता रह...