राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लायकको स्थितिमा छैन । तराई तथा पहाडका दुर्गम भेगका गरिब, बिपन्न र अशिक्षित नागरीकहरुलाई स्वास्थ्य सेवा उपभोग गर्नुपर्छ भन्ने पनि ज्ञान छैन । जनसंख्याको करिब आधा हिस्सा स्वास्थ्य चेतनाभन्दा पर छन्, झण्डै ४७ प्रतिशत । व्यक्तिगत …