बीमा समितिले प्राइम लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ । समितिले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशिका उल्लघंन गरेकोले कारबाही गरेको हो ।
समितिले कम्पनीको स्थलगत निरीक्षण गर्दा कम्पनीको सुशासन सम्वन्धि निर्देशिका २०७५ को दफा १२ उल्लघंन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीको, बीमितको हकहित विपरित नक्कली बीमालेख जारी गरी गरेको र व्यवस्थित रुपले म्यादी बीमा नगराएको जनाएको छ ।
कम्पनीले सुशासन सम्बन्धी निर्देशिका २०७५ र बैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी नि...