प्राइम लाइफ इन्स्योरेन्सको बीमा सेवा तीन दिन बन्द हुने

साउन १, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा तीन दिन बन्द हुने भएको छ ।  कम्पनीले बीमा सेवा साउन १ गतेदेखि ३ गते आइतवारसम्मका लागि बन्द हुने सूचनामार्फत बताएको छ ।  कम्पनीले सफ्टवयेर प्रणाली स्तरोन्नती तथा डाटा माइग्रेशन कार्य गर्नु पर्ने भएकाले उक्त अवधिसम्म कम्पनीबाट प्रदान हुने सम्पूर्ण बीमा सेवा बन्द हुने पनि बताएको छ ।