काठमाडाैं । सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिनापछि जवाफ दिएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास–२, दुम्लिङका ९ वर्षीय बालक महराको मृत्यु भएको थियो । गत कात्तिक १० मा महराको मृत्यु भएपछि […]