हात्तीपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसङ्ख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ ।औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइर