काठमाडौं, असोज ९ । निर्वाचन आयोगले आज निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग छलफल गर्दैछ। छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगले बोलाएको हो। छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको आयोगले जनाएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाएको हो।