काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार पुगेका निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री प्रचण्डले गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाा सदस्य निर्वाचनको समीक्षा गर्दै राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गरिने निर्वाचनको विषयमा छलफल भएको छ । सरकारको समर्थनमा आयोगले राष्ट्रपति निर्वाचनको मिति तोक्ने संवैधानिक […]
The post प्रधानमन्त्री र निर्वाचन आयोग पदाधिकारीबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग जाने भएका छन् । निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न देउवा आयोग जान लागेका हुन् । केही बेरमा आयोग जान लागेका प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आयोगले आज आचारसंहिताबारे छलफल गर्न र पालनका लागि प्रदेश र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ दललाई छलफलमा बोलाएको छ […]
काठमाडौं, ६ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको विषयमा राजनीनिक दलसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफल गर्न आज आयोगले १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आयोगको अनुसार आज निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिइनेछ ।
काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल अहिले बिहान साढे ११ बजेबाट सुरु हुने भनिएपछि केहिबेरमा सुरु हुने भएको छ । दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ। आगामी […]
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेट्न निर्वाचन आयोग पुगेका छन्।विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाउन भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गर्न उनीहरु त्यहाँ पुगेका हुन्। महामन्त्रीद्वयले प्रमुख निर्वाचन आयुक्त थपलियालाई भेटेर ध्यानाकर्षण गराउने छन्। त्यसअघि उनीहरुले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेका थिए।
काठमाडौं, चैत २२ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको चुनावमा भाग लिने राजनीतिक दलहरूसँग आज छलफल गर्दै छ । अहिले बिहान साढे ११ बजेदेखि सुरु छलफलमा ७९ वटा दलहरूलाई बोलाइएको छ ।
काठमाडौँ- स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट बनेको छ । जनप्रतिनिधि पदमा बहाल […]
काठमाडौँ– सत्तारुढ पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनबारे निर्वाचन आयोग र विज्ञहरुसँग छलफल गर्ने भएको छ। सत्तारुढ पाँच दलीय गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समितिको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह निर्वाचनबारे दुविधा देखिएको उल्लेख गर्दै त्यसलाई प्रष्ट पार्न निर्वाचन आयोग र संविधानविद्हरुसँग छलफल गर्ने सहमति गरेको हो। स्थानीय तहको निर्वाचन तीन चरणमा भएकाले […]
काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरु सनाखतको लागि चन्द्रागिरी रिसोर्टबाट निर्वाचन आयोग पुगेका छन् । सोमबार र मंगलबार दुई दिन रिसोर्टमा बसेर विधानलगायत राजनीतिक दस्तावेजबारे छलफल गरेका नेताहरु उतैबाट सिधै आयोगको कार्यालय आएका हुन् । उनीहरु टुरिस्ट बसमा आएका हुन् । आयोगले दल दर्ताको लागि सनाखतको लागि आज साँढे ११ बजेको […]
काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्। उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोग पुगेका हुन्। यसअघि आयोगले कारागारमै पुगेर चौधरीको सनाखत लिइने बताएको भएपनि पछि उनलाई आयोगमै ल्याइएको हो। चौधरीलाई प्रहरीले गाडीमा आयोगमा ल्याएको थियो। आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले नेताहरुसँग छलफल गरी सनाखत गर्ने निर्णय लिने बताएका छन्।