मस्को । युक्रेनमा युद्ध गर्न दिइएको आदेश अस्वीकार गर्ने रुसको रोस्ग्भार्दियाका एक सयजना भन्दा बढी सदस्यलाई बर्खास्त गरिएको छ । रोस्ग्भार्दियालाई राष्ट्रपति भ्लादिमिर पुटिनको 'निजी सेना' भनिने गरिन्छ ।
उनीहरूले सामूहिक रूपमा मुद्दा दायर गरी आफूहरूलाई अवैध ढंगले बर्खास्त गरिएको भन्दै कानुनी चुनौती दिएका थिए । तर उनीहरूको मुद्दालाई रुसी सैनिक अदालतले खारेज गरिदिएको...