काठमाण्डाै – आउँदो बैशाख ३० गते हुने स्थानीय तहको चुनाव बारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ । बिहान साढे ११ बजे दलका प्रतिनिधिसँग छलफल गर्न लागेको आयोगले जनाएको छ ।
स्थानीय चुनावमा भाग लिने दललाई छलफलका लागि बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । छलफलमा चुनावको तयारी र आचारसंहिता बारे कुराकानी हुनेछ । आउँदो स्थानीय तहको चुनावमा सत्ता गठबन्धनले तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन् भने प्रमुख प्रतिपक्षी दल एमालेले पनि तालमेलको तयारी गरेको छ । एमालेले...