काठमाण्डाै – सहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाण्डाै उपत्यकाभित्र देखिएका सुकुम्वासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताउनुभएको छ । काठमाण्डाै सहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्वासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चाैधरीले त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमति आवश्यक रहेकाे बताउनुभयाे ।
२८ औँ महानगर दिवसको अवसरमा आज बिहीवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले काठमाण्डाैलाई व्यवस्...