चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। […]