श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति दिसानायकेद्वारा शपथ ग्रहण
श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकेले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । श्रीलङ्काको निर्वाचन आयोगले आइतबार दिसानायकालाई मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको थियो ।
पाकिस्तानका नवनिर्वाचित राष्ट्रपति आसिफ अली जरदारीले आइतबार शपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति भवनमा आइतबार आयोजित विशेष समारोहमा उहाँले पाकिस्तानको १४ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको हो । पाकिस्तानका प्रधानन्यायाधीश काजी फैज इसाले नवनिर्वाचित राष्ट्रपतिलाई पद तथा गोपनीयताको शपथ गराउँनु भएको हो । उक्त समारोहमा निवर्तमान राष्ट्रपति आरिफ अल्वी, प्रधानमन्त्री शाहबाज शरीफ, सशस्त्र …
काठमाडौँ – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार अपराह्न राष्ट्रपति भवन शितल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन्। शपथ ग्रहण समारोहमा नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल […]
काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।
समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...
केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गर्नुभएको छ । नवनिर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गर्नुभएको हो । उहाँको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए ।
केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गर्नुभएको थियो ।
...
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालयमा आयोजित एक समारोहका बिच राजदूतहरुले शपथ ग्रहण गरेका हुन्।
कतारका लागि नेपालका राजदूत डा नरेशविक्रम ढकाल, चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ, अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र इजरायलका लागि नेपालका राजदूत कान्ता…
काठमाण्डाै – नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गाेविन्दप्रसाद शर्मा (काेइराला) ले शपथ ग्रहण गर्नुभएकाे छ । उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।
गैरसांसद शर्मालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीवार बिहान कानुन मन्त्रीमा नियुक्त गर्न सिफारिस गर्नुभएकाे थियाे । गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ ।
नेकपा एमाले विभाजनपछि अधिवक्ता समेत रहनुभएका शर्मा नेकपा (एकीकृत समाजवादी) पार्...
लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । शपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विशेष परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि […]
काठमाण्डाै – कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीकाे शपथ ग्रहण गर्नुभएकाे छ ।
नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराउनुभएकाे हाे ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो ।&...