महान्यायाधिवक्ताको शपथ ग्रहण सर्वोच्चमै गर्न वैशाख ५ गते नै पत्राचारः राष्ट्रपति कार्यालय

काठमाडौं। राष्ट्रपति कार्यालयले महान्यायाधिवक्ताको शपथ समारोह सर्वोच्च अदालतमा गर्न गएको वैशाख ५ गते नै पत्राचार गरिएको जनाएको छ। शुक्रबार एक विज्ञप्तिमार्फत राष्ट्रपति कार्यालयले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै उक्त पत्राचार गरिएकोसमेत स्पष्ट पारेको छ। विज्ञप्तिमा राष्ट्रपतिको समुपस्थितिमा शपथ ग्रहण हुनुपर्ने भनी व्यवस्था भएकाबाहेकका उक्त मिति पश्चातका संवैधानिक निकायहरूका पदाधिकारीहरूको शपथ ग्रहण सम्बन्धित निकायका पदाधिकारीबाट हुँदै आएको समेत स्पष्ट पारिएको छ।

सम्बन्धित सामग्री

नवनियुक्त मन्त्री आचार्यद्वारा शपथ ग्रहण

काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले सांसद सुरेन्द्रराज आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे सिफारिसमा आचार्यलाई आज मन्त्री पदमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्री आचार्यले आजै राष्ट्रपति पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपतिले प्रधानमन्त्रीको स...

महान्यायाधिवक्ता डा. पोखरेलद्वारा शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।  राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा. पोखरेललाई शपथ गराउनुभएको हो ।  प्रधानमन्त्री प्रचण्डकाे सिफारिसमा राष्ट्रपति भण्डारीले डा. पोखरेललाई हिजाे बुधवार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट महान्यायाधिवक्ताको नियुक्ति ...

महान्यायाधिवक्ता डा पोखरेलद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ,१४ पुष । नवनियुक्त महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराएको हो । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । महान्यायाधिवक्ता […]

प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराद्वारा ज्येष्ठ सदस्यका रूपमा शपथ ग्रहण

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य पशुपतिशम्शेर जबराले ज्येष्ठ सदस्यका रूपमा शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आज बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित सांसद जबरालाई शपथ ग्रहण गराउनुभएको हो । राष्ट्रपतिले प्रतिनिधि सभाका ज्येष्ठ सदस्यलाई शपथ ग्रहण गराउने व्यवस्था छ । त्यसपछि ज्येष्ठ सदस्यले प्रतिनिधि सभाका सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउने संवैधानिक व्यवस्था छ । संसद् सचिवालयले मङ्सिर ७ गते भाेलि बिहीवार प्रतिनिधि सभा सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय गरेको छ ।...

नवनियुक्त प्रधानसेनापति शर्माले लिए शपथ

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहबीच शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।राष्ट्रपति कार्यालयले आज एक विज्ञप्ति जारी गरी शर्माले सैनिक ऐन २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको जानकारी दिएको छ । समारोहमा राष्ट्रपति भण्डारीले शर्मालाई प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह समेत प्रदान गरेकी छन् ।

देउवाको शपथ ग्रहण : ओली अनुपस्थित, माधव नेपाल उपस्थित

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण समारोहमा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । शपथ ग्रहणका लागि देउवा शीतलनिवास पुगिसकेका छन् । शपथ ग्रहण  समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका छन् । तर निवर्तमान प्रधानमन्त्री […]

सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति, आज बेलुका शपथ ग्रहण हुँदै

काठमाण्डाै – सांसद पद गुमाएका चार मन्त्रीको पुनर्नियुक्ति भएको छ । मन्त्रीमा पुनर्नियुक्ति भएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशङ्कर चौधरीले शुक्रवार (आज) बेलुका ५ बजे फेरि शपथ ग्रहण गर्ने तयारी छ । राष्ट्रपति कार्यालय शितल निवासमा उहाँहरूको शपथका लागि तयारी गरिएको छ । उहाँहरूले यसअघिकै मन्त्रालय पाउनुभएको छ । रायमाझी ऊर्जा, जलस्रोत तथा सिँचाइ, भट्ट उद्योग, वाणिज्य तथा आपूर्ति, साह सहरी विकास र चौधरीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुनेछ । सङ्घी...