काठमाडाैं : पार्टी गठन असंवैधानिक भएको भन्दै समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी बीचको एकता खारेजीको माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ। एकता प्रारम्भदेखि नै संविधान ऐन, कानुनविपरीत भएको भन्दै तत्कालीन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले रिट दायर गरेका हुन्। माओवादी छाडेर एमाले गएका सात जना नेताहरूले पनि केही दिनअघि माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। आयोगले पछिल्लो नेतृत्वलाई वैधानिकता दिने बताएको थियो।&nbs