पछिल्लो एक दशकदेखि युरोप उडान भर्न नपाएका नेपाली जहाजले युरोपको आकाश पाउने कि नपाउने भन्ने निर्णय चाँडै हुने भएको छ । यसै महिनाको अन्त्य (डिसेम्बर पहिलो साता) सम्ममा टुङ्गो लाग्ने भएको हो । सन् २०१३ देखि युरोपेली सङ्घ (इयु) को कालो सूचीमा रहेको नेपालबारे स्थलगत अध्ययन तथा अनुगमन गरेर भदौ अन्तिम साता फर्किएको इयुको प्राविधिक सहयोग टोलीले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन दिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।