पोखरा । गण्डकी प्रदेश पछिल्लो समय कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै गएको छ । सुरुका दिनमा प्रदेशमा कोरोना संक्रमण उच्च देखिए पनि क्रमशः संक्रमण हराउँदै गएको थियो । तर, दोस्रो लहरको संक्रमण पुनः शुरु भएपछि प्रदेशमा कोरोना संक्रमण विकराल बन्दै गएको छ । शुक्रबार प्रदेशमा एकैदिन थप १ हजार ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा क्रमिक रुपमा बृद्धि भएको संक्रमण उच्च विन्दुमा पुगेको हो । गण्डकीमा शुक्रबार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।गण्डकी प्रदेशका संक्रमितको