नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् । शनिवार काँग्रेस काठमाडौंका सभापतिका उम्मेदवार कृष्ण बानियाँ समूहको उम्मेदवारी घोषणा कार्यक्रममा नेता सिंहले उनले भने, ‘१३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा २३ सिटमा पार्टी झरेको थियो । केन्द्रको नेतृत्व यदि हामीले परिवर्तन गर्न सकेनौँ भने काँग्रेसलाई आउँदो दिन पनि गाह्रो हुन्छ ।’काँग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणालीप