काठमाण्डाै – अरब सागरमा आएको चक्रवात आँधीका कारण मुम्बईको समुद्र तट नजिक एक सानो जहाज 'पी ३०५' डुब्दा ९० जनाभन्दा धेरै मानिस अझै पनि हराइरहेका छन् ।
भारतीय जलसेनाले जहाजमा यात्रा गरिरहेका दुई सय ७० जनामध्ये एक सय ७७ जनाको उद्धार गरिएको र बाँकी मानिसको खोजी भइरहेको जनाएको छ । झन्डै सात सय जना रहेका तीन अन्य व्यापारिक जहाज अहिले अरब सागरमा रोकिएको बीबीसी हिन्दीले जनाएको छ ।
यस्तै तटरक्षक बलको चेतक हेलिकप्टरले ग्याल कन्स्ट्रक्टर जहाजको चालक दलका सबै एक सय ३७ जनाको उद्धार गरेको छ । ...