अमेरिकामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति

अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक अन्धकारमा रहेका बीबीसीले जनाएको छ । अमेरिकाको आँधीबारे पूर्वानुमान गर्ने निकाय नेशनल हुरिकेन सेन्टरले बाढीको थप खतरा रहेको भन्दै चेतावनी दिएको छ । यो आँधी फ्लोरिडामा बज्रिएका अहिलेसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक मानिएको छ। इयान आँधी बुध...

सम्बन्धित सामग्री

बिपरजोय समुद्री आँधी भारतको गुजरात पुग्यो : तीव्र हावासहित ठूलो वर्षा

अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी बिपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तनजिक पुगेको हो । आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावा चलेको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्याएकाे क्षतिको विवरण आउन बाँकी छ । पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा ...

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना, समुद्री आँधी सुरु

काठमाडौँ । नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको छ । मौसमविद्हरूले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा हाल ठुलो पानी पारिरहेको र दुई, […]

समुद्री आँधी आइडामा परि मृत्यु हुनेको संख्या ४६ पुग्यो [फोटो फिचर]

अमेरिकामा समुद्री आँधी आईडाका कारण आएको बाढीमा परि मृत्यु हुनेको संख्या ४६ पुगेको छ । बिहीबार न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गर्भनर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढी परेका थिए । अधिकारीहरुले मृतकको संख्या अझ बढ्न सक्ने बताएका छन् ।

अमेरिकामा समुद्री आँधी र बाढीमा परी ४१ जनाको मृत्यु

१८ भदौ, काठमाडौं । अमेरिकामा आएको बाढी र आँधीबेहरीमा परी ४१ जनाको मृत्यु भएको छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनको समस्यासँग जुध्न ऐतिहासिक लगानी आवश्यक रहेको बताएका छन् । जलवायु सम्बन्धी संकटको सामना गर्नु भनेको जीवन र मरणको सवाल भएको बाइडनले बताएका छन् । समुद्री आँधी आइडाको प्रभावका कारण न्यूयोर्क र […]

भारतमा समुद्री आँधी, नेपालमा प्रभाव

काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (समुद्री आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भइ पानी परेको हो । जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ । अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहेको

पश्चिमी अष्ट्रेलियामा समुद्री आँधी

३० चैत, काठमाडौं । अष्ट्रेलियाको पश्चिमी प्रान्त वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधी सेरोजाको प्रकोप देखिएको छ । यसको असर एक हजार किलोमिटर वरपरको क्षेत्रमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उक्त आँधीको प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको समाचारमा उल्लेख छ । आइतबारको ठूलो आँधीहुरीपछि वेस्टर्न अष्ट्रेलियाको केलबारी सहरनजिकै पहिरो गएको छ । अहिले आँधी मत्थर […]

फिजीमा समुद्री आँधी : एकको मृत्यु, पाँच बेपत्ता

दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित मुलुक फिजीमा यसै महिना दोस्रो पटक आएको समुद्री आँधीमा परेर कम्तीमा एक व्यक्तिको मृत्यु हुनुका साथै पाँचजना हराइरहेको सरकारी अधिकारीहरुले बताएका छन्।आना नाम दिइएको भारी वर्षा सहितको उक्त आँधीको बेग १४० किलोमिटर प्रतिघण्टा रहेको छ। आँधीका कारण फिजीको अधिकांश भूभाग जलमग्न भएको र बाढी आएको छ। राष्ट्रिय प्रकोप व्यवस्थाप कार्यालयले एकजना ४९ वर्षीय पुरुषको मृत्यु भएको र पाँचजना माछा मार्ने व्यक्तिहरु हराइरहेको जनाएको छ। आँधी प्रभावित सात हजार ६०० भन्दा बढी व्