भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए ।किसानलाई व्यावसायिक बनाउन र कृषि पेसातर्फ आकर्षित गर्नका लागि उक्त कार

सम्बन्धित सामग्री

पर्वतमा भैँसी पाल्ने किसानलाई ५० हजार अनुदान

२६ वैशाख, पर्वत । पर्वतको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउन प्रतिभैसी रु ५० हजारका …

भैँसी पाल्ने किसानलाई पचास हजार अनुदान - Nepal Japan

पर्वत जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिने भएको

उत्पादन र बिक्रीकाे आधारमा कृषि अनुदान

रुकुम पश्चिम – रुकुम पश्चिमकाे सानीभेरी गाउँपालिकामा किसानलाई उत्पादनको आधारमा अनुदान प्रदान गरिएको छ । किसानले उत्पादन गरेर बिक्री गरेको परिमाणका आधारमा गाउँपालिकाकाे वडा नम्बर ७ र ९ का ८८ जनालाई अनुदान हस्तान्तरण गरिएको हो ।  पालिकाकाे कृषि विकास शाखाले तरकारी उत्पादन गर्ने १३ जना किसानलाई तथा पशु शाखाले भैँसी र खसीबाेका पाल्ने ७५ जना किसानलाई अनुदान दिइएको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो । वडा नम्बर ७ को कार्यालय प्राङ्गणम...

कृषि बिमामा शतप्रतिशत अनुदान : तर, किसानलाई जानकारी नै छैन

बाग्लुङ गल्कोटका गन प्रसान सुनार सामान्य कृषक हुन् । एउटा भैँसी पालेका उनले गोलभेडा खेतीका साथै नर्सरी पनि चलाएका छन् । आफ्नो जीवन नै कृषिकर्ममा बिताएका उनलाई कृषि बिमाका विषयमा केही जानकारी...

भैँसी पकेट क्षेत्रका कृषकलाई १८ लाख रुपैयाँ अनुदान

साउन २६, पर्वत । पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । प्रत्येक वडामा कृषि सम्बन्धी एउटा न एउटा आकर्षण रहने गरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो ।  सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास गरी त्यहाँका कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा लाग्ने बनाउनको लागि अनुदान दिइएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए ।  कुल २५ लाख रुपैयाँको उक्त योजना कार्यान्वयन गर्न फलेवासकै लिमिठानामा रहेको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा दिएपछि सोही सहकारीमार्फत कृषकहरूलाई अनुदान दिइएको हो । शंकरपोखरी र थापाठाना दूध उत्पादनमा राम्रो रहेकाले यो ठाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको वडाध्यक्ष कार्कीले बताए ।  मल्यांदीखोला क्षेत्रमा भैँसी पालन समूह निर्माण गरेर कृषकहरूलाई यसैमा आबद्ध गराइएको छ । अनुदान पाएका कृषकहरूले कम्तीमा पनि तीन ओटा भैँसी पालेको हुनुपर्ने नियम राखिएको छ । त्यसो भएमा एक कृषकको घरमा दैनिक करीब १५ लिटर दूध उत्पादन हुनेछ ।  तीन ओटा भैँसी नपाल्ने हो भने दूध ओसार्न जाने जीपलाई एक खेप नहुने र बजार व्यवस्थापनमा समस्या हुने तथा दूध बजारमा पठाउन चाहेमा समूह बाहिरका कृषकहरू पनि जोडिन पाउने कार्कीले बताए । यहाँका युवाहरु पछिल्लो समय विदेशबाट फर्किएर भैँसीपालन तर्फ लागेका छन् । किसानहरुको योजनामा नगरले साथ दिँदै अनुदान वितरण गरेको पशु सेवा शाखाका प्राविधिक प्रताप पौडेलले बताए । उनले अनुदानले किसानलाई हौसला मिलेको सुनाए ।  दूध उत्पादनलाई बढाउन तराई क्षेत्रबाट उन्नत जातको भैँसी ल्याउने योजना बनाइए पनि बर्खायाम र कोरोना महामारीको जोखिमका कारण तत्कालका लागि स्थानीय जातका भैँसीलाई नै मान्यता दिइएको छ । पकेट क्षेत्रमा कम्तीमा पनि १७० भैँसी पाल्ने र त्यहाँबाट उत्पादित दूधलाई बजार व्यवस्थापन गर्ने जिम्मा पनि सहकारीले नै लिएको अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए ।

पोखराका किसानलाई भैँसी खरीद गर्न १७ लाख अनुदान

साउन ११, पोखरा । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ ।  दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवर्द्धन कार्यक्रम अन्तर्गत आइतवार १० ओटाभन्दा बढी भैँसी पाल्ने ५० जना किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले किसानलाई अनुदान रकम हस्तान्तरण गरेका थिए । किसानसँगको ५० प्रतिशत लागत साझेदारीमा जनही रू. ३४ हजार १२० का दरले ५० किसानलाई रू. १७ लाख छ हजार वितरण गरिएको महानगर पशु महाशाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए । महानगरको किसान वर्गीकरणमा समावेश भएर हालसम्म अनुदान नपाएका र व्यावसायिक उन्मुख किसानलाई सो अनुदान रकम प्रदान गरिएको उनको भनाइ छ । उनले भने, ‘महानगरलाई दूध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार भैँसी खरीदमा अनुदान उपलब्ध गराइएको हो । यसबाट किसानलाई व्यावसायिक बन्न उत्प्रेरित गर्ने विश्वास लिएका छौँ ।’ अरुणोदय दुग्ध उत्पादक तथा नश्ल सुधार सहकारी संस्थाको समन्वयमा किसानले भैँसी खरीद गरेको बिलका आधारमा अनुदान उपलब्ध गराइएको महानगरले जानकारी दिएको छ । महानगरले पशुपालक किसानलाई सात वर्गमा वर्गिकरण गरेर परिचयपत्र वितरण गरिसकेको छ । प्रदेश सरकारले १५० भन्दा बढी गाईभैँसी पाल्ने र रू. एक करोड भन्दा बढी लगानी गरेका किसानलाई विशिष्ट किसान, ६१ देखि १५० ओटासम्म गाईभैँसी पाल्ने र रू. एक करोडसम्म लगानी गर्ने किसानलाई उद्यमी किसानमा वर्गिकृत गरिएको छ । यसैगरी ३० देखि ६० वटासम्म गाईभैँसी पाल्ने र रू. ५० लाखभन्दा बढी लगानी गर्ने किसानलाई व्यावसायिक किसान, १० देखि ३० ओटासम्म गाईभैँसी र रू. ५० लाखसम्म लगानी गर्ने किसानलाई व्यवसाय उन्मुख किसान, ५ देखि ९ ओटासम्म गाईभैँसी र रू. १० लाखसम्म लगानी गर्ने किसानलाई साना व्यवसायी किसान भनेर वर्गिकरण गरेको छ । कार्यक्रममा अर्थमन्त्री बरालले अनुदान वितरण कार्यक्रमप्रति आम किसानको सधँै गुनासो रहँदै आएको भन्दै वास्तविक किसानले अनुदान पाउने व्यवस्था गर्नुपर्ने बताए । उनले उत्पादनमा आधारित अनुदान कार्यक्रम प्रभावकारी र पारदर्शी हुनेसमेत उल्लेख गरे । महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले दूध, तरकारी, माछा र मासुमा पोखरालाई आत्मनिर्भर बनाउन निर्वाहमुखी नभइ व्यावसायिक कृषि गर्न आवश्यक रहेको बताइन् । रासस

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु. १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु. एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु. ३४ हजार १४० का दरले रु. १७ लाख सात हजार तथा राँगोपालक द…

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु. १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु. एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु. ३४ हजार १४० का दरले रु. १७ लाख सात हजार तथा राँगोपालक द…

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बागलुङ : बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु. १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु. एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ ।  जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु. ३४ हजार १४० का दरले रु. १७ लाख सात हजार तथा राँगोपालक द…

लैनो भैंसी पाल्ने किसानलाई एक लाख अनुदान

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले लैनो भैँसी पाल्ने किसानलाई एक लाख रुपैयाँ अनुदान वितरण गरेको छ ।...