भैँसी पकेट क्षेत्रका कृषकलाई १८ लाख रुपैयाँ अनुदान

साउन २६, पर्वत । पर्वतको फलेवास नगरपालिकाले भैँसीको पकेट क्षेत्रका कृषकलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले कृषकहरूलाई १८ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो । प्रत्येक वडामा कृषि सम्बन्धी एउटा न एउटा आकर्षण रहने गरी कृषि उद्यम विस्तार प्रयास गरिरहेको नगरपालिकाले २ नम्बर वडाको थापाठाना र ३ नम्बर वडाको शंकरपोखरीका २८ जना कृषकहरूलाई प्रतिव्यक्ति ६२ हजार ५०० रुपैयाँका दरले भैँसी पाल्न अनुदान उपलब्ध गराएको हो ।  सदरमुकामसँग नजिक रहेको तथा उब्जाउ भूमि रहेको सिसाठाँटी र आसपासको क्षेत्रलाई दुग्ध पकेट क्षेत्रको रूपमा विकास गरी त्यहाँका कृषकहरूलाई व्यावसायिक रूपमा कृषिमा लाग्ने बनाउनको लागि अनुदान दिइएको शंकरपोखरीका वडाध्यक्ष अर्जुनबहादुर कार्कीले जानकारी दिए ।  कुल २५ लाख रुपैयाँको उक्त योजना कार्यान्वयन गर्न फलेवासकै लिमिठानामा रहेको सृजनशील बहुउद्देश्यीय सहकारी संस्थाले जिम्मा दिएपछि सोही सहकारीमार्फत कृषकहरूलाई अनुदान दिइएको हो । शंकरपोखरी र थापाठाना दूध उत्पादनमा राम्रो रहेकाले यो ठाउँलाई दूध उत्पादनको पकेट क्षेत्र बनाउने गरी काम गरिरहेको वडाध्यक्ष कार्कीले बताए ।  मल्यांदीखोला क्षेत्रमा भैँसी पालन समूह निर्माण गरेर कृषकहरूलाई यसैमा आबद्ध गराइएको छ । अनुदान पाएका कृषकहरूले कम्तीमा पनि तीन ओटा भैँसी पालेको हुनुपर्ने नियम राखिएको छ । त्यसो भएमा एक कृषकको घरमा दैनिक करीब १५ लिटर दूध उत्पादन हुनेछ ।  तीन ओटा भैँसी नपाल्ने हो भने दूध ओसार्न जाने जीपलाई एक खेप नहुने र बजार व्यवस्थापनमा समस्या हुने तथा दूध बजारमा पठाउन चाहेमा समूह बाहिरका कृषकहरू पनि जोडिन पाउने कार्कीले बताए । यहाँका युवाहरु पछिल्लो समय विदेशबाट फर्किएर भैँसीपालन तर्फ लागेका छन् । किसानहरुको योजनामा नगरले साथ दिँदै अनुदान वितरण गरेको पशु सेवा शाखाका प्राविधिक प्रताप पौडेलले बताए । उनले अनुदानले किसानलाई हौसला मिलेको सुनाए ।  दूध उत्पादनलाई बढाउन तराई क्षेत्रबाट उन्नत जातको भैँसी ल्याउने योजना बनाइए पनि बर्खायाम र कोरोना महामारीको जोखिमका कारण तत्कालका लागि स्थानीय जातका भैँसीलाई नै मान्यता दिइएको छ । पकेट क्षेत्रमा कम्तीमा पनि १७० भैँसी पाल्ने र त्यहाँबाट उत्पादित दूधलाई बजार व्यवस्थापन गर्ने जिम्मा पनि सहकारीले नै लिएको अध्यक्ष देवीप्रसाद तिमिल्सिनाले बताए । 

सम्बन्धित सामग्री

ललितपुर महानगरले ११ क्लबलाई दियो ३७ लाख रुपैयाँ

ललितपुर महानगरपालिकाले ललितपुरका ११ क्लबलाई ३७ लाख रुपैयाँ सहयोग गरेको छ ।

५५ करोड ६१ लाख रुपैयाँ फ्रिज

बिर्तामोड- झापाको मेचीनगर नगरपालिकाको पाँच आर्थिक वर्षमा ५५ करोड ६१ लाख रुपैयाँ फ्रिज भएको छ । मेचीनगर नगरपालिकाको पाँच आर्थिक वर्षमा संघीय सरकारबाट आएको बजेटमा ४९ करोड एक लाख रुपैयाँ फ्रिज भएको छ । प्रदेश सरकारबाट आएको बजेटमा ६ करोड ५९ लाख ९७ हजार फ्रिज भएको मेचीनगर नगरपालिकाका लेखा अधिकृत पदमबहादुर कार्कीले जानकारी दिए । […]

निहारिकालाई मधेस सरकारले ५ लाख रुपैयाँ दिने

धनुषा – मधेस प्रदेश सरकारले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिका राजपुतलाई पाँच लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । मधेस प्रदेश सरकारको आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले न्यायका लागि सङ्घर्ष गरिरहेकी निहारिकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो । मन्त्री साहले निहारिकालाई कानुनी लडाइँका लागि मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको सिफारिसमा त्याे रकम सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले न्यायाधिवक्ता कार्यालयबाट निहारिकाल...

उपसचिव ६ लाख रुपैयाँ घुससहित पक्राउ

काठमाण्डाै – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुसहित पक्राउ परेका छन् । नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइरहेको अख्तियारले जनाएको छ ।

दुई लाख रुपैयाँ लुटेर भाग्ने पक्राउ

जनकपुरधाम । जनकपुरधाममा बैंकबाट पैसा झिकेर घर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको घटनामा संलग्न रहेका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत सोमबार दिउँसो धनुषाको सवैला नगरपालिका वडा –४ पटेर्वा घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा –१ बस्ने शर्मिला देवी यादवको साथबाट दुई लाख रुपैयाँ लुटेका धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा –७ […] The post दुई लाख रुपैयाँ लुटेर भाग्ने पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

जनकपुरधाममा दिउँसै लुटियो २ लाख रुपैयाँ

९ साउन, जनकपुरधाम । जनकपुरधाममा सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् । साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा […]

डिशहोमका २ ग्राहकले जिते एक–एक लाख रुपैयाँ

डिशहोमका दुई ग्राहकले जनही १ लाख रुपैयाँ जितेका छन् । बैशाख पाँच गते र बैशाख १२ गते गरिएको लक्कीड्रमा क्रमशः क्यास आईडी ७१९००८३१०४२ र ०२५६४२५१७०३  भएका ग्राहकहरुले एक–एक लाख रुपैयाँ जित्न सफल भएका हुन् । १ वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले १ बर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डि.टि.एच.को सेवा उपभोग गर्न पाउने छन् । साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने डिशहोमले जनाएको छ । डिशहोमका ग्राहकहरुले यो य

चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

विशेष अदालतलले आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

सप्तरीमा तीन घर जल्दा छ लाख रुपैयाँ बराबर क्षति

सप्तरीमा बिहीबार दिउँसो आगलागी भएर तीनवटा जल्दा छ लाख रुपैयाँ बराबरको सरसमान नष्ट भएको छ ।