काठमाण्डाै - प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा कारागार विधेयक छलफलका लागि पेस गर्ने र आजै पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ ।
२०७६ मंसिर २९ मा संसदमा दर्ता भएको यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले २०७८ वैशाखमा पारित गरेको थियो । पारित विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार रहनेलगायतका विषय समेटिएको छ ।
विधेयकको दफा ४२ अनुसार कैद अवधिको दुई तिहाइ अवधि भुक्तान गरिसकेको र राम्रो आचरण भएको कैदीलाई कारागार प्रशासकले खुला कारागारमा र...