स्पन्ज आइरन भन्सार उल्ट्याएपछि फलाम उद्योगको थप ४० अर्ब लगानी जोखिममा
१६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत स्पन्ज आइरनमा लाग्दै आएको ५ प्रतिशत भन्सार दर १ प्रतिशतमा झारिएपछि उद्योगी उत्साहित भए । लगत्तै उद्योगीहरूले मेल्टिङ उद्योग संख्या १८ पुर्याए ।
सरकारको त्यो नीतिले तयारी …
१० असार, काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति स्पन्ज आइरन र बिलेटको भन्सार तथा अन्तःशुल्कमा गरिएको विभेदकारी कर नीति खारेज गर्न निर्देशन दिने निर्णय गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले बिलेट र बिलेट उत्पादन गर्ने स्पन्ज आइरन आयातमा भन्सार र अन्तःशुल्कको दर हेरफेर गरेको थियो । उक्त […]
१० जेठ, काठमाडौं । भारत सरकारले आफ्नो मुलुकबाट निर्यात हुने स्पन्ज आइरन (फलामको प्रशोधित कच्चा पदार्थ) को निर्यातमा भारी कर वृद्धि गरेको छ । आफ्नो मुलुकमा हुने यस्ता वस्तुको आयातका लागि लाग्दै आएको भन्सार महसुल शून्यमा झार्दै भारतले निर्यातमा भने ३० प्रतिशतबाट ५० प्रतिशत पुर्याइएको रोयटर्सले जनाएको छ । भारतीय स्टिल्स उद्योग एशोसिएसनको आग्रहमा गत […]
वीरगञ्ज, माघ १६। सरकारले स्वदेशमै डण्डीको कच्चा पदार्थ (बिलेट) उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै भन्सार राजस्व र अन्तःशुल्कको दर हेरफेर गरेपछि आयातमा त्यसको प्रभाव देखिएको छ । वीरगञ्ज सुक्खा बन्दरगाह हुँदै भित्रिने बिलेटको आयात घटेको छ । बिलेट उत्पादनमा प्रयोग हुने स्पन्ज आइरनको आयात परिमाण उल्लेख्य बढेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकृत सन्तोषकुमार न्यौपानेले बताए । […]
काठमाडौं, कार्तिक १७ । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले ल्याएको आर्थिक ऐनमा विवादित बनेका व्यवस्थाप्रति संसद्को अर्थ समितिले चासो देखाएको छ । अर्थ समितिले खासगरी आर्थिक ऐन २०७८ मा फलामे डन्डीको कच्चा पदार्थ बिलेट तथा स्पन्ज आइरनका सम्बन्धमा गरिएको व्यवस्थाले पारेको असरबारेमा उद्योगीहरूसँग छलफल गरेको हो । समितिले मंगलवार गरेको छलफलमा यसको पक्ष र […]
काठमाडौं । स्पन्ज आइरन तथा बिलेट्सको भन्सार महसुल एवम् अन्त:शुल्कसम्बन्धी व्यवस्थामा उद्योगी व्यवसायीबीच देखिएको विवाद अर्थ समितिमा पुगेको छ । समितिले मंगलबार दुवै पक्षलाई छुट्टाछुट्टै बोलाएर यसप्रति चासो देखाएको हो ।
बिलेट आयात गरेर डन्डी उत्पादन गर्दै आएका उद्योगीले स्पन्ज आइरन आयातमा गरिएको शून्य भन्सार र अन्तःशुल्क छुटको विरोध गर्दै आएका छन् भने...
विराटनगर । गत शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमा स्टील उद्योगसँग सम्बन्धी व्यवस्थाबारे स्पन्ज आइरन आयात गरेर यही पगालेर एमएस बिलेट बनाउने उद्योगका उद्योगीहरूले स्वागत गरेका छन् । नेपाल स्टील बिलेट उत्पादक संघले विज्ञप्ति निकालेर स्पन्ज आइरन र तयारी बिलेटका बीचको फरक ४ दशमलव ७५ प्रतिशत कायम गरेकोमा स्वागत गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्वस्तिक रोलिङ मिलका सञ्चालक राजेन्द्र राउतले सरकारको अहिलेको नीतिले देशमा रोजगारी बढ्ने, विद्युत् खपत बढ्ने र उपभोक्ताले अहिलेभन्दा कम्तीमा प्रतिकिलो ६ रुपैयाँ सस्तोमा डन्डी पाउने दाबी गरे । ‘हाम्रो तर्पmबाट हेर्दा स्वदेशी उत्पादनलाई राम्रै गरेको छ भन्ने देखिन्छ,’ उनले भने, ‘८० प्रतिशत फलामको कच्चा पदार्थ आयात हुँदा २० प्रतिशत स्वदेशी कवाडी प्रयोग हुन्छ, विद्युत् खपत पनि चार गुणा बढ्छ ।’
उद्योगी राउतले सरकारको नीति दीर्घकालीन रूपमा मुलुकको हितमा रहेको बताएका छन् । कच्चा पदार्थको बेसमा सञ्चालन हुने उद्योगले सहुलियत प्राप्त गर्दा विद्युत् खपत बढ्ने मात्र होइन, रोजगारी पनि वृद्धि हुने भएकाले मुलुकको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पर्ने उनले बताए ।
अहिले बिलेट आयात गरे डन्डी उत्पादन गर्दै आएका उद्योगहरू पनि अब विकसित हुनुपर्ने उनको भनाइ छ । मुलुकको हितमा आएको यो नीतिलाई गलत भन्ने ठाउँ नभएको उनले बताए ।
दीर्घकालीन रूपमा सेक्सन आइटम (एंगल च्यानल) आयात गरेर डन्डी उत्पादन गर्ने उद्योगहरूलाई अभैm निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । तर, प्रिमियर स्टील उद्योगका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले सरकारले विना कुनै अध्ययन आठओटा उद्योगीको निहित स्वार्थका लागि एक्कासि यस्तो नीति लिएकोमा त्यसको विरोध गरे ।
उनले भने, ‘सरकारले अन्य उद्योगलाई पनि बिलेट बनाउने प्लान्ट लगाउने समय दिएर नीति ल्याउनुपर्नेमा त्यसो नगरी बजारमा प्रतिस्पर्धा नै गर्न नसक्ने गरी विभेदकारी नीति लिएको छ ।’
सरकारले लिएको गलत नीतिका कारण एमएस बिलेट आयात गरेर फलामको डन्डी निर्माण गर्दा फलामको स्पन्ज ल्याएर बिलेट बनाएर निर्माण गरेको भन्दा ६ रुपैयाँ महँगो पर्न जाने उनले बताए । उनले भने ‘दैनिक ४ सय टन डन्डी उत्पादन गर्ने उद्योगले दैनिक २५ लाख रुपैयाँसम्म घाटा खाएर उद्योग सञ्चालन गर्न सक्दैन ।’
२८ भदौ, काठमाडौं । नेपाल स्टिल विलेट उत्पादक संघले नेपाल सरकारले ल्याएको बजेटमा स्पन्ज आइरन र तयारी स्टिल विलेटको भन्सारदरमा हाल ४.७५ प्रतिशत भिन्न्ता कायम गरेकोमा भन्दै निर्णयको स्वागत गरेको छ । विगत ३ वर्ष देखि स्टिल विलेट उत्पादकहरुले स्पन्ज आइरन र तयारी विलेटको भन्सार दरमा कम्तिमा १० प्रतिशतको भिन्नता कायम गरिदिन माग गर्दै आएकोमा […]
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको संशोधित आर्थिक ऐनमा स्पन्ज आइरन आयात गर्दा लाग्ने भन्सार शुल्क शून्यमा झार्ने निर्णय विवादमा आएको छ। स्पन्ज आइरन प्रयोग गर्ने स्टिल उद्योगले यो निर्णयको स्वागत गरेका छन् भने प्राइम बिलेट प्रयोग गर्ने उद्योगीले विरो...
२७ भदौ, काठमाडौं । सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकले स्टिल बनाउन प्रयोग हुने ‘बिलेट’उत्पादनमा प्रयोग हुने ‘स्पन्ज आइरन’को भन्सार हटाएको छ । यसअघि तयारी बिलेट र बिलेट बनाउने कच्चा पदार्थ (स्पन्ज आइरन) विदेशबाट आयात गर्दा ५ प्रतिशत भन्सार महसुल लाग्दै आएको थियो । नयाँ व्यवस्थापछि अब नेपालमै आवश्यक्ताअनुसारको बिलेट उत्पादनको बाटो खुलेको छ । यसले […]