काठमाडौं : सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले जाजरकोट क्षेत्रमा गएको भूकम्प पिडितहरूलाई सहयोगस्वरुप एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका छन्। भूकम्पपिडितहरूलाई राहत र पुनःस्थापनाका लागि एक महिनाको तलब सहयोग गरेको नेता पौडेलले जानकारी दिएका छन्।उनले भनेका छन्, ‘यस्तो विपत्तिको समयमा भुकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीब्र बनाउन र पुनःस्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु। साथै, राहत तथा स