नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप कारबाहीको तयारी थालेको छ । यसअघि नै एकपक्षीय रुपमा ओलीलाई अध्यक्षबाट हटाएको घोषणा गरेको प्रच्ण्ड–नेपाल समूहले ओलीमाथि थप कारबाहीको तयारी थालेको छ ।
शुक्रबार बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । सो पक्षले ओलीलाई नेकपाबाट साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारीअनुरुप स्पष्टीकरण सोधेको जनाएको छ । ओलीले देशलाई संवैधानिक र राजनीतिक रुप...