आजको मौसम : देशभर असिना र पानी पर्ने‚ हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमाना महाशाखाले जनाएको छ।शुक्रवार विहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहति असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भ

सम्बन्धित सामग्री

देशका धेरै ठाउँमा पानी पर्दै, साेमबारसम्म पानी पर्ने र हिमपातको सम्भावना

काठमाण्डाै – अहिले देशका धेरैजसो ठाउँमा मौसम बदली भइ पानी परिहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले देशका विभिन्न ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले दक्षिण एसियाली देशहरुकै मौसम बदली भएको र त्यही प्रणालीका कारण नेपालमा पनि वर्षा तथा हिमपात भइरहेको जलवायुविज्ञ डा धर्मराज उप्रेतीले जानकारी दिनुभयो । नेपालमा पानी पारिरहेको प्रणाली आज बेलुकीसम्म देशभर फैलने र यसको प्रभाव आउँदो सोमबारसम्म रहने उहाँले बताउन...

आजबाट पश्चिम नेपालमा मौसम सुधार हुने, काठमाडौंमा कस्तो रहन्छ ?

पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रवार देशभर बदली र वर्षा भयो । शनिवार पश्चिम नेपालमा मौसम सफा हुनेछ भने पूर्वी नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार शुक्रवार देशभर नै घाम लागेन । ‘यो प्रणाली अलि ठूलो भएकाले शुक्रवार दिनभर नै हल्कादेखि मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भयो,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहँदा दिनभर जनजीवन प्रभावित बन्यो । पश्चिम नेपालमा वर्षा र उ...

रातिदेखि देशभर पानी र हिमपातकाे सम्भावना

काठमाण्डाै – भाेलि बुधवारदेखि शनिवारसम्म देशका धेरै ठाउँको मौसम बदली भएर पानी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मङ्गलवार विशेष बुलेटिन निकालेर भाेलि रातिदेखि देशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनुका साथै वाग्मती, प्रदेश १, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात र तराईका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।  भाेलि रातिदेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालम...

आगामी तीन दिन हिमपातको सम्भावना, थप चिसो बढ्ने

आगामी तीन दिनसम्म देशभर पानी पर्ने, हुस्सु लाग्ने र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंलगायत देशभर तीन दिनसम्म घाम नलाग्ने र चिसो...

आज पनि केही ठाउँमा पानी पर्ने

काठमाडौँ । आज देशभर मौसममा सामान्य बदली भएको छ भने केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । महाशाखाका अनुसार राति […]

हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना

काठमाण्डाै - आज पश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ । अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको भनाइ छ । यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभा...

आज देशभरको मौसम बद्ली : मौसमविद्

काठमाण्डाै - आज देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलकाअनुसार अझै एक/दुई दिन देशभरको मौसम बद्ली हुने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने नरहेको उहाँले बताउनुभयो । आउँदो आइतवारसम्म नै देशभर बद्ली हुने र सोमवारदेखि मौसम खुल्ने अनुमान गरिएको छ । सोमवारदेखि भने बिस्तारै गर्मी सुरु हुने मौसमविद् पौडेलले बताउनुभयो । यस्तै, आज सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको छ। पश्चिमी वायुको प्रभावले भोलिबाट देशभर मौसम बदली भई उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताए। ‘शुक्रबारदेखि आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ’, उनले भने। मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावले ठूलो पानी पर्ने सम्भावना नरहे पनि हिमपातका कारण तापक्रम घट्ने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाभित्र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भूभागमा बिहानपख हुस्सु÷कुहिरो लाग्नसक्ने हुँदा चिसो अझै रहिरहने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ र तराई तथा पहाडका केही भू–भागमा हुस्सु÷कुहिरो लागेको छ। दिउँसो वाग्मती, गण्डकी र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव चार डिग्री र अधिकतम तापक्रम २० दशमलव तीन डिग्री सेल्सियस रहने छ। त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम शून्य दशमलव तीन डिग्री सेल्सियस रहेको छ। रासस