काठमाण्डौ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा हचुवामा प्रस्ताव ल्याउन नहुने बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले विगतमा सरकारले हचुवामा प्रस्तावहरु ल्याएको भन्दै आगामी दिनमा त्यसो गर्न दिनु नहुने बताउनुभएको छ।
उहाँले संसदलाई प्राज्ञिक थलो बनाउन आवश्यक रहेको पनि बताउनु भयो । साथै उहाँले सत्ता र प्रमुख प्रतिपक्ष बीचको भागबण्डा नमिलेमात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने मानसिकता त्यागरे देशको लागि आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको अर्थतन्त्र कम...