बार्सिलोनासँग सकियो मेस्सीको करार

अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीको स्पेनिस क्लब बार्सिलोनासँगको करार समाप्त भएको छ। जुन महिना सकिएसँगै मेस्सीको करार सकिएको हो र अब उनी फ्री एजेन्ट बनेका छन्। यसअघि सन् २०२० मा मेस्सीले बार्सिलोनाबाट बाहिरिने प्रयास गरेका थिए। जसका लागि उनले बोर्डलाई फ्याक्स गर्दै आफूले तत्काल क्लब छाड्न चाहेको बताएका थिए। यद्यपि…

सम्बन्धित सामग्री

उत्पादनमा बेवास्ताको परिणति

भारतको आन्तरिक बजारमा प्याजको आपूर्ति सुनिश्चित गर्न भारत सरकारले प्याज निर्यातमा कर लगाएको छ । यता नेपालले पनि चालू आर्थिक वर्षमा प्याज आयातमा भन्सार लगाएको छ । यी दुवै परिदृश्यमा प्याज निकै महँगो हुन गई उपभोक्ता मारमा पर्ने देखिन्छ । नेपालमा प्याजखेतीको सम्भावना भए पनि उचित नीति नहुँदा यसको खेती विस्तार पर्याप्त मात्रामा हुन सकेको छैन । प्याजको अभाव हुन नदिन सरकारले केही वर्षअघि मिशन प्याज कार्यक्रम सञ्चालन गरेको पनि थियो । तर, अनियमितताका कारण असफल भई बन्द हुन पुग्यो । उद्देश्यअनुसार उत्पादन हुन सकेको भए उपभोक्ता यसरी मूल्यवृद्धिको मारमा पर्नुपर्ने थिएन । नेपालमा वर्षेनि ३० हजार मेट्रिक टनभन्दा धेरै प्याज आयात हुने गरेको छ । यो आयातमा भारतको अंश ९५ प्रतिशत छ । यस्तोमा भारतले प्याज निर्यातमा कडाइ गर्दा नेपालको बजार प्रभावित हुनु स्वाभाविकै हो । प्याज गोलभेडाभन्दा बढी समयसम्म स्टोर हुन सक्छ । तैपनि अफ सिजनमा यसको अभाव हुन्छ र यही बेला भारतले पनि प्याज निर्यात रोक्ने गरेको छ । त्यसैले अहिले पुन: मिशन प्याज शुरू गर्ने समय आएको छ । वर्षा सकिएलगत्तै प्याजका बिरुवा तयार पारेर खेती गर्न सकिन्छ । तर, यसका लागि तत्काल योजना बनाउन थालिहाल्नुपर्छ । यो वर्ष भारतमा चुनाव हुँदै छ । जनतालाई महँगीको मारबाट बचाउन मोदी सरकारले लिएको यो नीति कम्तीमा आगामी निर्वाचनसम्म नै कायम हुने देखिन्छ । यसै परिप्रेक्ष्यलाई ख्याल गरेर नेपाल सरकारले उत्पादन वृद्धिका योजना कार्यान्वयन गर्नुपर्छ । भारतले कर लगायो भनेर गुनासो मात्रै गर्ने हो भने उपभोक्ता मारमा परिरहने छन् ।  उत्पादन गर्न सकियो भने जसरी गोलभेडाको उपलब्धताले निर्यातको सम्भावना देखायो प्याजमा पनि यस्तै नहोला भन्न सकिँदैन । गुणस्तरीय उत्पादन, एकरूपता र ग्रेडिङ गर्ने हो भने गोलभेडा र प्याज निर्यात गर्न सकिन्छ । अहिले गोलभेडा खेतीका लागि निजीक्षेत्रले चासो देखाएको छ । प्याजमा पनि त्यो सम्भावना छ । निजीक्षेत्रलाई यसमा सफल हुन दिन करार खेतीको व्यवस्था गरिनुपर्छ । यसमा खरीदकर्ताले किसानसँग खेती गर्नुअगावै उत्पादनको मूल्य र परिमाण आदिमा करार गरेको हुन्छ । यसो भएपछि किसान ढुक्कसँग खेतीमा लाग्छ । उसलाई बजारको चिन्ता हुँदैन । किसानले उत्पादन गरेको प्याज सरकारले निश्चित मूल्यमा खरीद गर्ने घोषणा अहिले नै गरिहाल्नुपर्छ । एक महीनाभित्रै प्याज खेतीको याम शुरू भइसक्छ । त्यसैले अहिलेको समय निकै महत्त्वपूर्ण छ । त्यस्तै व्यापारीलाई किसानसँग सम्पर्क गराइदिने काम पनि सरकारको हो ।

खाडीबाट श्रमिकको प्रश्न : ‘हामीले स्वदेश फर्किन नपाउने हो ?’

काठमाण्डाै – मे/जुनको गर्मीले भतक्कै पोल्छ खाडीमा । त्यसैमाथि कामविहीन भएर महिनौंसम्म कोठाभित्रै बस्दाको छटपटी । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फर्किन नपाएपछिको बेचैनी । अनि त्यही बेचैनीले गर्दा दिमागभरि मडारिन्छ निराशाको बादल । ‘अब त यहीँ मरिएला कि जस्तो छ’, उज्यालोको फेसबुक पेजमा यूएईबाट सन्तोेष सुनार लेख्नुहुन्छ, ‘करार अवधि सकियो, काम छैन, कम्पनीले कोठा छाडेर निस्क भनिसक्यो । एक महिना त जसो तसो बाँचियो अब कसरी बाँच्ने सरकार ?’ सन्तोषसँगै उहाँका अरु साथीहरु पनि यही समस्या झे...