स्थानीय तहको चुनावी तयारी: माहोल बनाउन गाउँघरमा राजनीतिक दल

फागुन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको विशेष प्रशिक्षणमा आए। उनले एक दिनभर यहाँका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका बारेमा राजनीतिक प्रशिक्षण दिए। प्रशिक्षणकै क्रममा नेता कार्यकर्तालाई जनताको ...

सम्बन्धित सामग्री

स्थानीय तह चुनावबाट सिक्नुपर्ने पाठ के-के हुन्? - BBC News नेपाली

स्थानीय तहको चुनाव वैशाखभित्रै होला वा नहोला भन्ने धरमरकै बीच सम्पन्न भएसँगै यसले राजनीतिक दल र निर्वाचन आयोगलाई केही पाठ दिएर गएको विज्ञहरूले बताएका छन्। आउँदा चुनावमा ध्यान दिनुपर्ने कुरा के के छन्?

मतदानका लागि काठमाडौंबाट बाहिरिनेको लर्को (फोटो फिचर)

काठमाडौं : स्थानीय तहको चुनाव दिन आउन दुई दिन मात्र बाँकी रहँदा मतदान गर्न थातथालो फर्किनेको लर्को बढेको छ।कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरैजसोका लागि राजनीतिक दल तथा उम्मेदवारले 'बस रिजर्भ' गरेर पठाएका छन्।विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको लर्को देखिएको हो। सडक आसपास सर्वसाधारणको घुइँचो बढेको छ। सवारीसाधनको चाप बढ्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ। हेर्नुहोस् तस्विर-

स्थानीय तहको चुनाव : मतदाता भेट्न उम्मेदवार घरघरमा

म्याग्दी : सदरमुकाम र पालिकाका केन्द्रमा राजनीतिक दलहरूलाई उम्मेदवार छनोट गर्न सकस भइरहेको अवस्थामा ग्रामीण क्षेत्रका किसान मतदातालाई भने कामको चटारो छ।म्याग्दीको कुनै पनि स्थानीय तहमा मुख्य राजनीतिक दल नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै पार्टीले एउटै पदमा आआफ्नो उम्मेदवार छनोट गर्न सकेका छैनन्। कुनै पालिकामा कांग्रेसले पालिका प्रमुखको उम्मेदवार छनोट गरेको छ भने अन्य दुई दलले छनोट गर्न नसकेको अवस्था छ।त्यसैगरी नेकपा एमाले र माओवादीले उम्मेदवार छनोट गरेका पालिकामा कांग्रेस

किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन

स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।

घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा राजनीतिक दल ढिलो गरी घोषणापत्रको तयारीमा लागेका छन् । घोषणापत्रमा जेजस्ता विषयवस्तु समेटिए पनि स्थानीय जनता आफूले चुन्ने प्रतिनिधिले गाउँघरको विकासमा ध्यान दिनुपर्ने तथा गाउँका समस्या समाधान गर्ने किसिमले काम गरिदिए हुन्थ्यो भन्नेमा छन् । स्थानीय निर्वाचनताका जनताले खोज्ने भनेको स्थानीय समस्याको समाधानका लागि धारणा, नीति तथा कार्यक्रम हो । […] The post घोषणापत्र मात्रै होइन काम र व्यवहार हेर्नुपर्ने बेला appeared first on राजधानी राष्ट्रिय दैनिक.

कांग्रेसले बनाएकै छैन उम्मेदवार छान्ने संसदीय समिति

आगामी वैशाख ३० गते अर्थात् आजदेखि ठीक ५८ दिनपछि स्थानीय तहको चुनाव हुँदैछ । निर्वाचन आयोगले वैशाख दोस्रो साताभित्र उम्मेदवारको मनोनयन दर्ता गर्ने तयारी गरिरहेको छ । राजनीतिक दल र नेताहरू चुनावलक्षित गतिविधिमा केन्द्रित बनेका छन् । उम्मेदवार बन्न आकांक्षी नेताहरूले पार्टीबाट टिकट पाउन नेता रिझाउने मात्रै होइन, मतदातामाझमा समेत चुनावी गतिविधि बढाएका छन् ।

दलहरू गाउँतिर : सत्तारूढ गठबन्धनका दलहरू कार्ययोजनासहित गाउँ–गाउँमा

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल गाउँतिर फर्केका छन् । चुनावकेन्द्रित कार्ययोजना बनाएर दलहरूले नेता–कार्यकर्ता गाउँमै परिचालन गरेका छन् । सम्पूर्ण रूपमा चुनावमै ध्यान केन्द्रित गरेका दलहरूबीच चुनावी गठबन्धनबारे भने...

अविलम्ब मिति घोषणा गरेर चुनावको तयारी थाल

लामो अन्योलता, आशंका र आलोचना मेट्दै सत्ता गठबन्धन स्थानीय तहको चुनाव आगामी जेठ महिनाभित्रै सम्पन्न गर्ने निष्कर्षमा पुगेको छ ।  चुनाव सार्नका लागि कानून संशोधन लगायतको अलमलमा लागेको गठबन्धनले शनिवार जेठ महिनाभित्र चुनाव सम्पन्न गर्नेगरी मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ । कतिपय राजनीतिक दल, मिडिया र सचेत नागरिकको दबाबका कारण चुनाव पर धकेल्ने गठबन्धनको प्रयास विफल भएको छ ।  गठबन्धनको शनिवारको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले जेठ महिनाभित्र चुनाव गर्न प्रस्ताव गरेका थिए । ...