काठमाण्डाै – युरो कप अन्तर्गत सोमवार राति स्विट्जरल्यान्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न नसकेका फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा एक पोस्ट लेख्दै एम्बाप्पेले हारका लागि आफ्नो टोली र समर्थकसँग माफी मागेका हुन् । एम्बाप्पेले इन्स्टाग्राममा लेखेका छन्, ‘पेनाल्टीमा चुकेकेमा म माफी चाहन्छु । म टिमलाई सहयोग गर्न चाहन्थेँ तर म चुकेँ । निदाउन गाह्रो हुनेछ तर दुर्भाग्यवश यो खेलको उतारचढावसँग म धेरै प्रेम गर्छु । मलाई थाहा छ समर्थकहरू निराश हुनुभएको छ तर तपाईँको...