मालपोत माग्दै काठमाडौंमा लालीगुराँसका जनप्रतिनिधि

जग्गा प्रशासनको काम गर्ने अधिकार माग्दै तेह्रथुमको लालीगुराँस नगरपालिकाका जनप्रतिनिधि काठमाडौं आइपुगेका छन् । मेयर अर्जुन माबुहाङ र उपमेयर तिला पोखरेलसहित वडाध्यक्षहरूको टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सम्बन्धित सामग्री

कपिलवस्तुमा वाणगंगा नदीमुनिकै जग्गा बिक्री, कमाउ धन्दामा भूमाफिया र जनप्रतिनिधि

बगिरहेको खोलाको जग्गाको मूल्य १६ लाख कायम गरी जेठ ४ गते जिल्ला मालपोत कार्यालय कपिलवस्तुबाट बुटवल उपमहानगरपालिका १० बस्ने प्रायुस्मा थापाको नाममा उक्त जग्गा बिक्री भएको राजीनामापत्रमा स्पष्ट देखिन्छ ।

चितवनको खैरहनी नगरमा अनलाइन राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयनमा

चितवन । जिल्लाको खैरहनी नगरपालिकाले अनलाइनमार्फत राजस्व भुक्तानी सेवा २० महीनापछि कार्यान्वयन गरेको छ ।  २०७८ पुस २६ गते अनलाइनमार्फत राजस्व भुक्तानी सेवाको शुभारम्भ गरिए पनि सफ्टवेयरमा समस्या हुँदा यो सेवा कार्यान्वयन हुन सकेको थिएन ।  हाल सिस्टमको विकास गरी यो सेवा कार्यान्वयनमा ल्याइएको नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश चौधरीले जानकारी दिए । बिहीवार नगर प्रमुख शशीकुमार खनियाँले कर तिरेपछि यो सेवा कार्यान्वयनमा आएको हो । यो सेवाको जानकारी गराउने र प्रचारप्रसार गर्ने उद्देश्यले बिहीवार जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।  नगरपालिकाले यो सेवालाई प्रभावकारी बनाउन सवै वडामा शिविर सञ्चालन गर्ने प्रमुख खनियाँले प्रतिबद्धता जनाए । यो सेवामार्फत जुनसुकै ठाउँबाट पनि राजस्व भुक्तानी गर्न सकिनेछ । यसले समय र खर्चको बचत हुनुका साथै सहज र पारदर्शीसमेत हुने नगरप्रमुख खनियाँको भनाइ छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटाले कर्मचारी थपेर व्ययभार बढाउनुभन्दा विद्युतीय माध्यमबाट गरिएको सेवा प्रवाह प्रभावकारी बन्ने बताए । यो सेवामार्फत बाहिरी जिल्लामा रहेका सेवाग्राहीलाई लाभ हुने उनको भनाइ छ ।  वेबसाइटमार्फत भुक्तानी भएपछि सेवाग्राहीको अद्यावधिक हुने र दोस्रो पटकदेखि मोबाइलबाटै राजस्व तिर्न सकिने नगरपालिकाले जनाएको छ ।  राजस्व बुझाएपछि यसको सन्देश इमेल र मोबाइलमा आउने छ । यो सेवा कार्यान्वयन भएसँगै करदाताले सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाल करलगायत कर, दस्तुर तथा सेवा शुल्क घरमै बसेर दाखिला गर्न सक्ने भएका छन् । साथै आफूले तिर्नुपर्ने करबारे जानकारीसमेत पाउन सक्नेछन् ।  करदाताले आफूसँग भएका विद्युतीय भुक्तानी प्रणाली (ई–सेवा, खल्ती, फोन पेलगायत)बाट राजस्व तिर्न सक्ने चौधरीले जानकारी दिए ।

जनप्रतिनिधि र वडा सचिवलाई प्रशासनको अभिमुखीकरण

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले प्रशासकीय कार्यविधिबारे जिल्लाका स्थानीय तह जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखीकरण सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट कार्यसम्पादन हुने अधिकांश काम स्थानीय पालिकाको सिफारिसको आधारमा हुने भएकाले सो सम्बन्धी अभिमुखीकरण सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालयसँगै मालपोत कार्यालयले पनि आफ्नो सेवा प्रवाह र स्थानीय तह तथा वडाबाट हुने सिफारिस […]

बुटवलमा करोडौं मूल्यको सरकारी जग्गा बेच्ने प्रयास असफल

रुपन्देही । जनप्रतिनिधि र कर्मचारी मिलेर बेचिएको बुटवल उपमहानगरपालिका वडा नं १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा फिर्ता गरिने भएको छ । करोडौं मूल्य पर्ने यो जग्गा बिक्रीका लागि कागजपत्र मिलाएको खबर नेपाल प्रेसमा प्रकाशन भएपछि यहाँका राजनीतिक दल तथा स्थानीय खबरदारी गर्दै तत्काल रोक्न मालपोत कार्यालय पुगेका हुन् । उनीहरुले सरकारी जग्गा हडप्ने […]

बुटवलमा करोडौंको सरकारी जग्गा बेच्न जनप्रतिनिधि नै अग्रसर

रुपन्देही । बुटवल उपमहानगरपालिका- १७ मा रहेको २२ कठ्ठा सरकारी जग्गा व्यक्तिको नाममा बनाउन जनप्रतिनिधि आफैं लागेका छन् । नापी कार्यालयमा २०२७ सालदेखि बगरको पर्ती जग्गा स्पष्ट देखिने उक्त जग्गा वडाध्यक्ष तथा कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयमा कित्ता नं थपेर व्यक्तिको नाममा गराइएको छ । स्थानीयका अनुसार उक्त सरकारी जग्गामा सार्वजनिक संस्थाको लागि भवन बनाउने क्रममा […]

पाँच करोड २० लाख ठगी प्रकरणमा भक्तपुरका जनप्रतिनिधि पनि मुछिए

ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजु श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ । उपत्यका अपराध नियन्त्रण कार्यालय काठमाडौँले मालपोत कार्यालय भक्तपुरको ढोकाबाटै चाँगुनारायण–७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपा

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि २ लाख घूससहित पक्राउ

२ लाख घूस रकमसहित काठमाडौं महानगरपालिकाका एक जनप्रतिनिधि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १४ नम्बर वडा सदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो ।  जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाणपत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका उनले घूस मागेको उजुरीको आधारमा आयोगबाट खटिएको टोलीले महर्जनलाई पक्राउ गरेको हो । घुस लिइसकेको अवस्थामा  उनलाई कलंकीको खसीबजार स्थित न्यूकान्तिपुर तन्दुरी भोजनालयबाट नियन्त्रणमा

म्याग्दीमा ९३३ भूमिहीन पहिचान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा ९३३ जना भूमिहिनको पहिचान भएको छ । सदरमुकाम बेनीमा शुक्रवार आयोजित ‘भूमि सम्बन्धी समस्या समाधान’ विषयक कार्यक्रममा भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष खुमबहादुर बानियाले जिल्लामा स्थानीय तहले प्रमाणीकरण गरेर भूमिहीन र अव्यवस्थित बसोवासी ९३३ जनाको सिफारिश भएर आएको जानकारी दिए । भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवास गर्नेहरूको निवेदन अनुसार स्थानीय तहको समन्वयमा जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउने योजनासहित भूमिहीनको ऐन नियम र कार्यविधि अनुसार कार्य सम्पादन गरिरहेको अध्यक्ष बानियाले बताए । आयोगमा आएको निवेदन अनुसार भूमिहीनको प्रमाणीकरण, नापजाँच, छानबिन, कार्यसम्पादन गरी स्वामित्व स्रेस्ता र नक्साको काम सम्पन्न गर्ने योजना रहेको बानियाले जानकारी दिए । नियमित बैठक, अभिमुखीकरण, अमिन र सर्वेक्षणको तालिम, अनगमन, स्थानीय तहसँग बैठक, समीक्षा लगायत गतिविधि गर्ने कार्ययोजना तयार गरिएको बताए । ६ स्थानीय तहसँगको सम्झौता अनुसार पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडासचिव अभिमुखीकरणमार्पmत तथ्यांक संकलन तथा कार्यप्रगतिबारे जानकारी लिने काम पहिलो वर्षमा भएको आयोगका सदस्य दिवाकुमारीले पुनले जानकारी गराइन् । यसैबीच, सडक, शिक्षा खानेपानी स्वास्थ्य, शिक्षा लगायत सरकारी सुविधा प्राप्त हुने गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउन पालिकाका जनप्रतिनिधिले माग गरेका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीले वार्षिक प्रगति तथा आगामी कार्ययोजना प्रस्ततु कार्यक्रममा धवलागिरि गाउँपालिका अध्यक्ष थमसरा पुनले सरकारी सुविधा लिन सहज हुनेगरी भूमिहीनलाई जग्गा उपलब्ध गराउन आग्रह गरिन् । आयोगको १८ लाख ३० हजार रुपैयाँ बजेटमध्ये ११ लाख ८० लाख खर्च भएको छ । कार्यक्रममा अध्यक्ष पुनले सबै मिलेर छिटोछिटो भन्दा जग्गा व्यवस्थापनमा भएको समस्या समाधान गर्न सुझाव दिइन् । त्यस्तै रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले परिवारलाई वाससँगै खेतीयोग्य जमीनको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए । बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवालले आयोगको समिति, जनप्रतिनिधि, मालपोत, नापी र डिभिजन वन कार्यालयको समन्वयमा वडास्तरबाटै समन्वय हुनुपर्ने धारणा राखिन् ।

भक्तपुरको मालपोत आसपास सिल

शुक्रबार कोरोना पुष्टी भएकी भक्तपुरकी ४२ वर्षीय महिला जनप्रतिनिधि बस्ने भक्तपुरको कमलविनायक नजिकको मालपोत क्षेत्र प्रहरीले सिल गरेको छ । भक्तपुर नगरपालिका वडा नं ९ की महिला वडा सदस्यलाई कोरोना भएको पुष्टी भएपछि त्यो क्षेत्रलाई प्रहरीले सिल गरेको हो । शुक्रबार स्वास्थ मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमितको सूचीमा भक्तपुर नगरपालिका वडा नं ९ निवासी महिलामा कोरोना पुष्टी गरेको थियो ।