काठमाडौं : नेपाली कांग्रेसका युवा नेता कल्याण गुरुङले पार्टी सभापतिमा उम्मेदवारीको घोषणा गरेका छन्। कांग्रेसको १४ ओं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा उनले बुधबार गरेका हुन्। ५१ वर्षीय उनी कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताउँदै आफ्नो कार्ययोजनासमेत सार्वजनिक गरेका छन्। उनले पत्रकारसँगको भेटघाटमा पार्टीमा ०४८ सालयता अहिलेसम्म ३० वर्षपछि पनि नेतृत्वमा नफेरिएको बताए। देशको शासन प्रणाली&n