काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले ब्याजदरमा भएको वृद्धि र नेपाल राष्ट्र बैंकको वित्तीय नीतिप्रति असन्तुष्टि जनाएको छ । महासंघका अध्यक्ष खोमकान्त रेग्मी र महासचिव कमलप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गर्दै बैंक वित्तीय संस्थाहरुद्वारा असोजदेखि लागू हुनेगरी ब्याजदरमा भएको वृद्धिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । राष्ट्र बैंकका नीतिका कारण कर्जाको ब्याजदर आकाशिने र कोभिडले […]