फ्लाइओभर निर्माण रोकियो

ललितपुरको ग्वार्कोमा निर्माणाधिन ग्वार्काे ‘फ्लाइओभर’ को काम रोकिएको छ । डिजाइनमा समस्या देखिएपछि तत्कालको लागि काम रोकिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले डिजाइनमा देखिएको समस्याको कारण काम रोकिएको बताए । उनले भने,“ फ्लाइओभर निर्माणको कार्य सम्बन्धमा अध्ययन भैरहेको छ । साथै स्वाइल वेरिङक्यापसिटी टेस्ट हुँदैछ ।” मन्त्रालयका अनुसार फाउन्डेसनको माटोको […]

सम्बन्धित सामग्री

ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको डिजाइन गलत, काम रोकियो

काठमाण्डाै - ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको हो । निर्माणस्थलमा कालोपत्रे उप्काइएको छ । सडकबीचमा राखिएको डिभाइडर पनि हटाइएको छ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी का...

रोकियो ‘फ्लाइओभर’ को काम

आवश्यक अध्ययन र तयारीबिना ललितपुरको चक्रपथस्थित ग्वार्को चोकमा निर्माण थालिएको फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) को काम रोकिएको छ। निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माण रोकिएको हो। निर्माणस्थलमा चक्रपथको कालोपत्रे उप्काइएको छ भने सडकबिचमा राखिएको विभाजक ‘डिभाइडर’ हटाइएको छ। यसैकारण पाँच महिनादेखि सो क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउएको छ तर अहिले त निर्माण रोकिएको छ। गत माघ २८ गतेदेखि सो फ्लाइओभर निर्माण सुरु गरिएको थियो।