काठमाण्डाै - ललितपुरको ग्वार्को चोकमा बन्दै गरेको फ्लाइओभरको काम रोकिएको छ । निर्माणका लागि तयार गरिएको अध्ययन प्रतिवेदन तथा डिजाइन गलत भएपछि फ्लाइओभर निर्माणका लागि थालिएको काम रोकिएको हो । निर्माणस्थलमा कालोपत्रे उप्काइएको छ ।
सडकबीचमा राखिएको डिभाइडर पनि हटाइएको छ । पाँच महिनाअघि गएको माघ २८ मा फ्लाइओभर निर्माणको काम थालिएको थियो । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार फ्लाइओभर बनाउने क्रममा देखिएको प्राविधिक समस्याका कारण तत्कालका लागि काम रोकिएको हो । अब प्राविधिक समस्या पहिचान र समाधान गरी का...