नेपाली सेनाले प्राचीन कपिलवस्तु (तिलौराकोट)को सरसफाइ सुरु गरेको छ । गोरुसिंगेस्थित शम्सेर दल गणका क्याप्टेन अमृत गुरुङ नेतृत्वमा ५० जना सेनाको टोलीले आइतबारदेखि तिलौराकोटका झाडी, घाँसपात र स-साना बुट्यान सफा गरिरहेको छ । सरसफाइका लागि आवश्यक सामग्री मास्क, ग्लोब्स, हँसिया, खुँडा, बन्चरो र कुचो लुम्बिनी विकास कोषले प्रदान गरेको छ ।