गुल्मी-२ मा गोकर्ण वि‍ष्ट निर्वाचित

काठमाडाैँ – गुल्मी क्षेत्र नम्बर- २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन्। उनले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गर्दै २८ हजार ४७६ मतका साथ जित हासिल गरेका हुन्। गठबन्धनकाे साथ पाएकी झाँक्री २६ हजार ४४२ मत पाएकी छन्।  तेस्रो पटक सांसद भएका विष्ट र झाँक्री कुनै समयका राजनीतिक सहयात्री हुन्। विष्टले […]

सम्बन्धित सामग्री

गुल्मी २ (ख) मा एमालेका पन्थी निर्वाचित

बुटवल- गुल्मी २(२) प्रदेश सभामा एमालेका दिनेश पन्थी निर्वाचित भएका छन् । पन्थी १३ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । पन्थीका प्रतिस्पर्धी माओवादीका बुद्धि जिसीले १३ हजार ८१९ मत मात्र ल्याए । पन्थी ०७४ सालमा पनि बाम गठबन्धनबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

गुल्मी–२ मा गोकर्ण विष्टको ह्याट्रिक

काठमाडौं, ७ मंसिर । गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाक्रीलाई पराजित गर्दै विजयी भएका हुन् ।

गुल्मी-२ मा गोकर्ण विष्टको अग्रता फराकिलो, झाँक्रीसँगको मतान्तर ३६१

काठमाडौं, ५ मंसिर । गुल्मी-२ मा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता फराकिलो बनाएका छन् । इस्मा १ र २ वडामा गणना सम्पन्न हुँदा एमालेका विष्टले १६७७ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेकपा (एकीकृत समाजवादी) की रामकुमारी झाँक्रीले पछ्याएकी छिन् । झाँक्रीले १३१६ मत ल्याएकी छिन् । विष्टले झाँक्रीलाई ३६१ मतको अन्तरले […]

गुल्मी-२ मा गोकर्ण विष्ट रामकुमारी झाँक्रीभन्दा ७० मतले अगाडि

काठमाडौं, ५ मंसिर । गुल्मी २ मा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टले अग्रता कायमै राखेका छन् । विष्टले ६७२ मतसहित लिड गरेका छन् । विष्टलाई नेकपा (एकीकृत समाजवादी) की उम्मेदवार रामकुमारी झाँक्रीले पछ्याएकी छिन् । झाँक्रीले ६०२ मत ल्याएकी छिन् । अहिले इस्मा गाउँपालिका १ को मतगणना सम्पन्न भएको छ ।

गुल्मी–२ मा विष्ट र झाँक्रीको उम्मेदवारी दर्ता

काठमाडौँ – गुल्मी २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका छन्। विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। झाँक्री पहिलो पटक चुनावी मैदानमा छिन्। झाँक्री कांग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन्। २०५६ को निर्वाचनदेखि […]

गुल्मी–२ मा गाेकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा उम्मेदवारी दर्ता

गुल्मी – गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गाेकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार दिउँसाे निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।   २०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आउनुभएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जित्नुभएकाे थियाे । झाँक्री भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।

झाँक्रीको नाम प्रतिनिधिसभाको लागि गुल्मी–२ बाट सिफारिश

काठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री आगामी निर्वाचनमा गुल्मी–२ बाट प्रतिनिधिसभामा उठ्ने भएकी छिन् । पार्टीको गुल्मी कार्यसमितिले उनको नाम सो क्षेत्रबाट सिफारिश गरेको हो । झाँक्रीलाई सो क्षेत्रमा गठबन्धनको साझा उम्मेदवार बनाउने चर्चा छ । उनलाई प्रधानमन्त्री एव्म कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सहयोग गर्ने वचन […]

गुल्मी-२ मा एमालेबाट गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस

काठमाडौँ – प्रतिनिधिसभाकाे निर्वाचनका लागि गुल्मी-२ मा नेकपा एमालेबाट सचिव गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस भएकाे छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेकाे तर्फबाट गुल्मी-२ बाट सचिव विष्टसहित प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमकाे नाम सिफारिस भएकाे हाे। यस्तै, गुल्मी- १ बाट उम्मेदवारका लागि पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली सर्वसम्मत रुपमा सिफारिस […]

गुल्मी २ मा गोकर्ण विष्ट र रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा !

अघिल्लो चुनावमा विष्ट गुल्मी २ बाट निर्वाचित भएका थिए । तर, यो पटक एमालेका विष्टको प्रतिस्पर्धा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीसँग हुने देखिएको छ ।