महाधिवेशन सम्पन्न भएको झण्डै आधा वर्षपछि सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको समाचारमा जनाइएको छ । समाचार अनुसार अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ प्रकाश, उपाध्यक्षमा कृष्णबहादुर महरा चयन हुनुभएको छ । त्यसै गरी सबभन्दा …