नेपाली राष्ट्रिय टोलीका तत्कालीन कप्तान सन्दीप लामिछानेविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिग बलात्कारको कसुरमा जाहेरी प¥यो । १७ वर्षीय एक किशोरीले सन्दीपविरुद्ध गत भदौ ६ गते बिहानीपख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइन् ।जाहेरीका आधारमा सञ्चारमाध्यममा समाचार आउन थालेपछि प्रहरीले प्रेस विज्ञप्ति पठाएर सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी आएको र जाहेरीमाथि अनुसन्धानको काम भइरहेको बतायो । प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा लामिछानेले भदौ ५ गते ती किशोरीलाई काठमाडौँ र