१६ माघ, काठमाडौं । स्थानीय योजना निर्माण मञ्चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा हुने भएको छ । एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्च पदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने सम्मेलन यस वर्ष नेपालमा हुन लागेको हो । सम्मेलन १९-२० माघमा काठमाडौंमा हुने लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियारले जानकारी दिए । […]