जग्गा नामसारी गर्दा घुस मागेको आरोपमा खरिदारविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा नामसारी गर्ने सेवाग्राहीसँग घुस माग्ने एक कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय चाबहिल काठमाडौंमा कार्यरत खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सामान्य प्रक्रियाबाट हुने कामका लागि सेवाग्राहीसँग एक लाख ३५ हजार घुस माग्दै गरेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएका छ ।  आयोगले घुस लिँदै गरेको अवस्थामा बस्नेतलाई यही फागुन १२ गते कार्यालयबाटै फक्राउ गरेको थियो ।जग्गा नामसारी गर्ने

सम्बन्धित सामग्री

घूस लिएको आरोपमा मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध मुद्दा दायर

वैशाख २१, काठमाडौं । घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग घूस लिएको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले तिवारीलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले तिवारीलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा ४ वैशाखमा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा तिवारीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको बताइएको छ ।  तिवारीलाई बिगो रू. २० हजार कायम गरी बुधवार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जानकारी दिएको छ ।

टोखा मालपोतका खरदार विनोद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाको मुद्दा फाँटका खरिदार विनोद तिवारीविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ।जग्गा नामसारी दर्ता गरी लालपुर्जा बनाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार रूपैँया घुस लिएको अवस्थामा तिवारीलाई वैशाख ४ गते अख्तियारले नियन्त्रणमा लिएको थियो।अनुसन्धानका क्रममा सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले तिवारीलाई बिगो २० हजार रूपैयाँ कायम गरी सजाय माग गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मालपोत कार्यालय टोखाका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँस्थित मालपोत कार्यालय टोखाका खरिदार विनोद तिवारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । मुद्दा फाँटमा कार्यरत तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा बनाउने काममा सहजीकरण गरेबापत सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आयोगको आरोप छ । विशेष सूचनाको आधारमा अख्तियारको टोलीले […]

चावहिल मालपोतका खरिदार बस्नेत अख्तियारको फन्दामा

काठमाडौं, ३० फागुन । मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतमाथि अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले रकमसहित गत फागुन १२ गते नियन्त्रणमा लिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बस्नेतले जग्गा नामसारी गर्ने काममा […]

मालपोत कार्यालय चाबहिलका खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

फागुन २९, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसरी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ३५ हजार रूपैयाँ घूस लिएको आरोपमा अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो । गत फागुन १२ गते अख्तियारको टोलीले निजलाई घूससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने बहानामा घूस लिएको देखिन आएकोले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगले बताएको छ ।

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

घुस लिने वडा सचिव शाहमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं–जग्गा नामसारी गर्न सिफारिसको लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवमाथि मुद्दा दायर गरेको छ। बारा जिल्लाको कोल्हवी नगरपालिका,  नं. ११ वडा कार्यालयमा कार्यरत वडा सचिव (नासु) विनोद प्रसाद साहले सेवाग्राहीसँग घुस लिएको आरोपमा आयोगले बुधबार मुद्दा चलाएको हो। आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले वडा सचिव साहलाई सेवाग्राहीबाट […]

वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ […]

जग्गा नामसारी प्रकरणमा १९ जना विरुद्ध मुद्दा

वास्तविक जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो । जग्गा नामसारी गराउने कार्य...