रौतहटको मौलापुरमा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

रौतहटको मौलापुर नगरपालिकामा सबै कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले निकालेको कार्यपालिका सदस्य चयनसम्बन्धी तालिकाअनुसार शुक्रबार मनोनयन दर्ता गर्ने थियो । तर‚ नेकपा एमालेबाहेकका दलहरूले कार्यपालिका सदस्यका लागि मनोनयन दर्ता नै गरेनन् । पालिकाका ५ महिला  र ३ अल्पसंख्यक सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।

सम्बन्धित सामग्री

खार्पुनाथको कार्यपालिकामा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

सिमकोट- खार्पुनाथ गाउँपालिकाकाे कार्यपालिकामा ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट दिएको उम्मेदवारीविरुद्ध अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनीहरू सबै निर्विरोध भएका हुन्। पुतली टमटाले भने स्वतन्त्रबाट उम्मेदवारी दिएकी थिइन्। निर्वाचन अधिकृत कमल कुमार आचार्यका अनुसार यसरी कार्यपालिकाको सदस्यमा निर्विरोध निर्वाचित हुनेमा जसमति शाही, ताराकुमारी शाही, हिराकली दमाई, सौरी बुढा हुन् भने खुल्ला […]

भक्तपुर नपाका निर्वाचित सदस्यहरूको शपथग्रहण

भक्तपुर नगरपालिकाको नगर कार्यपालिकामा निर्विरोध निर्वाचित पाँच जना सदस्यहरूको सपथ ग्रहण कार्यक्रम जेठ १७ गते नपाको सभाकक्षमा सम्पन्न भयो ।नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम भक्तपुर नगरपालिकामा निर्वाचित महिला सदस्यहरूमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।त्यस व्यवस्थाअनुसार वडा नं. ३ का सुनिता अवाल (प्रजापति), वडा नं. ५ का कृष्णप्यारी भुजू, […]

चौदण्डीगढी नगर कार्यपालिकामा एमाले उम्मेदवारहरू निर्विरोध (भिडिओ)

उदयपुर । उदयपुरको चौदण्डीगढी नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । चौदण्डीगढीको ५२ सिटमध्ये ४१ सिट जितेको एमालेले निर्विरोध कार्यपालिका सदस्य गठन गरेको छ । नगरको कार्यपालिका सदस्य निर्वाचनको लागि जेठ १५ गते मनोनयन दर्ता र आज चुनावको मिति तोकिएकोमा निर्धारित समयमा एमालेका उमेदवारको मात्र मनोनयन दर्ता भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् […]

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् ।नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य निर्विरोध निर्वाचित भए पनि तीन दलित तथा अल्पसङ्ख्यक सदस्यका लागि भने निर्वाचन हुन लागेको जानकारी दिइन् । उनका अनुसार निर्विरोध निर

बूढानीलकण्ठको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्वाचित

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका सदस्यमा पाँच महिला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा गएको वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएसँगै शनिबार सम्पन्न गरिएको नगर कार्यपालिका सदस्य निर्वाचनमा पाँच महिला प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन् । नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराईले पाँच महिला सदस्य...

ताँजाकोटको कार्यपालिकामा माओवादीबाट ६ जना निर्विरोध

सिमकोट – ताँजाकोट गाउँपालिकाको कार्यपालिकामा ६ जना सदस्य निर्विरोध निर्वाचित हुने भएका छन्। मनोनयन दर्ताको दिन अन्य कुनै पनि पार्टीबाट ती पदका लागि मनोनयन नपरेपछि कार्यपालिका सदस्य माओवादी केन्द्रबाट निर्विरोध हुने भएका हुन्। ताँजाकोट गाउँपालिका सहायक निर्वाचन अधिकृत प्रेमबहादुर सिंहका अनुसार ६ जना कार्यपालिकाका सदस्यहरुका लागि माओवादी केन्द्रका बाहेक अन्य पार्टीको उम्मेदवारी परेको छैन। अरुको […]

गाउँ र नगर कार्यपालिका सदस्य निर्विरोध

धनकुटा, असार २८ – धनकुटाको सात वटै स्थानीय तहमा गाउँ र नगर कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको उम्मेदवारी दर्ता कार...